लमजुङ । नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी भैलोलगायतका कार्यक्रम लमजुङमा राति १० बजेसम्म खेल्न पाइने भएको छ ।
शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले राति १० बजेपछि देउसी भैलो लगायतका मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको हो ।
प्रशासनले मर्यादित र अनुशासित रूपमा बिहान ७ बजेदेखि राति १० बजेसम्म देउसी भैलो खेल्न अनुरोध गरेको हो । साथै प्रशासनले पटका, आतिसबाजी जस्ता कुनै पनि प्रकारका प्रज्वलनशील तथा विस्फोटक पदार्थहरूको आयात ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न नगराउन समेत अनुरोध गरेको छ ।