पोखरा । कलाकार प्रकाश घिमिरे भीरबाट लडेर गम्भीर घाइते भएका छन् ।
पोखरा–३ नदिपुर निवासी घिमिरे शुक्रबार बिहान घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । उनको टाउको, छाती र मेरुदण्डमा चोट लागेको छ ।
घिमिरे अहिले मणिपाल अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचाररत छन् ।
घिमिरे अभिनित फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’ अहिले प्रदर्शन भइरहेको छ ।