काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को उपाध्यक्षका लागि क्यानडाबाट चिरञ्जीवी घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । संघको यही अक्टोवर १७–१९ मा हुने ११औँ अधिवेसनमा कार्ययोजनासहित अब आउने कार्यकाल २०२३–२०२५ को लागी उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
संघभित्र केही वर्षदेखि देखिएको बिभिन्न चुनौतीहरू र विभाजनलाई मिलाउदै संस्थागत रूपान्तरण गरी सबैको साझा घर बनाउने वातावरणको निर्माण गर्नका लागि आफ्नो उम्मेदवारी रहेको घिमिरेले बताएका छन् ।
‘एनआरएनए आईसीसीको २०२१–२०२३ को विसम् कार्यकालमा सचिवको जिम्मेवारी निर्वाह गर्दा एकता, सहमति र सहकार्यका लागि मैले अहम् भूमिका निर्वाह गरेको छु । आसन्न निर्वाचनमा तपाईंहरूले अत्यधिक मत दिई मलाई उपाध्यक्ष पदमा विजयी गराउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु,’ उम्मेदवारी घोषणापछि मत अपिलल गर्दै उनले भनेका छन् ।
यी हुन् घिमिरेका चुनावी एजेण्डाहरू–
वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता ।
सुरक्षित, मर्यादित र व्यवस्थित बैदेशिक रोजगारी तथा नयाँ गन्तव्यको खोजी ।
पुस्तान्तरण केन्द्रित एनआरएनए ।
वैदेशिक शीप ज्ञान तथा नेपालमा सामुहिक लगानी ।
नेपालमा पर्यटन विकास ।
नेपाली कला संस्कृतिको प्रवर्द्धन ।
गैर आवासीय नेपाली संघका सबै सदस्यहरू प्रतिनिधि हुन पाउने अधिकारको सुनिश्चितता गरिने ।
मैले बिगतदेखि गैरआवासीय नेपाली संघ का बिभिन्न निकायहरूमा रहेर सफलतापुर्वक आफ्ना जिम्मेवारीहरू पुरा गर्दै आएको छु । एन आर एन क्यानडाको महासचिव (२०१७–२०१९) तथा अध्यक्ष (२०१९–२०२१) को पदमा रहेर काम गरि सकेको छु । म एन आर एन क्यानडाको अध्यक्ष रहँदा ‘नेपालमा अक्सिजन पठाऔं अभियानमा’ क्यानडाबाट ७५ थान अक्सिजन कन्सन्टेटर लगाएत अन्य सामाग्रीहरू कोभिड महामारीको सामना गर्न नेपाल पठाएको कुरा सर्बबिदितै छ ।
हाल अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) को सचिव, तथा गैर आवासीय नेपाली संघको विधान संसोधन कमिटी मा रहेर सुदृढ एबम गतिशिल एनआरएनए बनाउने कार्यमा दृढतापुर्वक लागिरहेको छु । आशा छ २०२३–२०२५ को कार्यकालमा मलाई अत्याधिक मत दिई उपाध्यक्ष पदमा बिजयी गराउनुहुनेछ ।
घिमिरेले गरेका कामहरू–
कोभिडको महामारीमा नेपालमा अक्सिजनको अभाव हुदा ७५ थान अक्सिजन कन्सनट्रेटर पठाएको ।
क्यानडाको केन्द्रीय तथा प्रान्तीय सरकार संग सहकार्य गरि नेपालमा भेन्टिलेटर तथा अत्याबश्यक स्वास्थ्य सामाग्री पठाएको ।
क्यानाडाभरि स्पोर्टस सप्ताह मनाएको ।
बंसजको आधारमा निरन्तरताका लागि निरन्तर काम गरेको ।
कोभिडको महामारीमा नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रत्यक्ष भेटघाट गरी आवश्यक सहयोग गरेको ।
क्षेत्रीय विज्ञान सम्मेलन सम्पन्न ।
कला संस्कृति र पर्यटनको संरक्षण तथा प्रवर्द्धन गैर आवासीय नेपाली संघको बिधान संसोधन समिति सदस्य ।
२०२१–२०२३ सचिव गैर आवासीय नेपाली संघ ।
२०१९–२०२१ अध्यक्ष गैर आवासीय नेपाली संघ क्यानडा ।
२०१७–२०१९ महासचिव गैर आवासीय नेपाली संघ क्यानडा ।
२०१९–२०२१ गैर आवासीय नेपाली संघ विधान संसोधन समिति सदस्य ।