काठमाडौं । गायिका प्रेमा शेर्पा चटौतको आवाजमा सजिएको ‘तेही देउरालीमा’ बोलको गीत बजारमा आएको छ ।
काठमाडौको टुसालस्थित सेफ चोइस रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी गीत सार्वजानिक गरिएको हो । गायिका प्रेमा शेर्पा चटौतको अफिसियल युट्युवच्यानलमार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।
गायिका शेर्पाको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गीतको म्युजिक भिडियो बिमोचन गरिएकाे हाे ।
डीएनडी तामाङको शब्द, कर्साङ लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतको म्यूजिक भिडियोमा उर्मिला कार्की, कार्साङ लामा, किरण श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय समावेश गरिएको छ ।
सन्तोष पराजुलीको प्राविधिक सहयोगमा रामेश्वर हुमाागाईंले छांयाकन गरेको म्युजिक भिडियोलाई राजु श्रेष्ठले निर्देशन गरेका हुन । उक्त गीतमा बाल्यकालदेखिको माया र परिवारिक कारण बिछोड भएको कुरा समावेश गरिएको छ ।