काठमाडौं । दसैं–तिहार तथा छठका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी सोमबारदेखि खुल्ला गरिने भएको छ ।
आज शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी र यातायात व्यवसायीहरूको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो ।
अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भए पनि थप यातायात सेवा व्यवस्थापनको विषयमा अरु निर्णय नभएको बताइएको छ ।