काठमाडौं । अभिनेता अनमोल केसीले चलचित्र ‘रावायण’ का लागि लिएको दश लाख रूपैयाँ फिर्ता गरेका छन् ।
उनले चलचित्र निर्मात्री सुप्रिया कटुवालको खातामा रकम जम्मा गराएका हुन् । अनमोलले चलचित्रका लागि दश लाख लिएर काम नगरेको भन्दै सुप्रियाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
प्रहरीले अनमोललाई शुक्रबार पक्राउ गरेको थियो भने उनी आइतबार रिहा भइसकेका छन् ।