अनमोल केसी अस्पताल भर्ना

रंग नेपाल २०८० असोज १३ मा प्रकाशित

काठमाडौं । अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् ।

आपराधिक विस्वासघातको आरोपमा हिजो शुक्रबार दिउँसो साँगाबाट पक्राउ परेका केसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना भएका हुन् । उनलाई गएराति साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

चन्द्रकला कटुवालले अनमोलले चलचित्र रामायणका लागि १० लाख रुपैयाँ लिएको तर पछि काम गर्न अटेर गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । फिल्मका लागि १ करोड १५ लाख खर्च भइसकेपछि अनमोलले फिल्म नखेल्ने बताएपछि कटुवाल प्रहरीकोमा पुगेकी थिइन् ।

आज शनिबार बिदा भएकाले अनमोलविरुद्ध परेको उजुरीमाथिको कारबाही आइतबारदेखि सुरू हुनेछ । आइतबार उनलाई अदालतमा उपस्थित गराई म्याद थप गरी अनुसन्धान अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट