काठमाडौं । बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरु’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा संगीतकार तथा संगीत प्रशिक्षक अमृत छेत्रीको संगीत तथा योगेश काजीको संगीत संयोजनमा गीत तयार भएको हो ।
गीतको भिडियो वरिष्ठ गीतकार एवं चिकित्सक डा. भोला रिजाल, वरिष्ठ गीतकार तथा पूर्वसचिव शंकर कोइराला, गायक प्रेमराजा महत, ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालको उपस्थितिमा विमोचन गरिएको छ ।
तीन वर्षदेखि सुरशाला संगीत विद्यालय झम्सिखेलमा गायक तथा संगीतकार अमृत छेत्रीसँग गायन प्रशिक्षण लिँदै आएका बाल प्रतिभा आयन पौडेलले आगामी दिनमा पनि गीत संगीत क्षेत्रमा सक्रिय रहने बताए ।
बुबा नलराज र आमा अनिताको प्रेरणामा गीत संगीतको क्षेत्रमा लागेको जनाउँदै बाल गायक पौडेलले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा गीतकार एवं चिकित्सक डा. भोला रिजाल, गीतकार तथा पूर्वसचिव शंकर कोइराला, गायक प्रेमराजा महतले बाल गायक पौडेलमा नेपाली संगीत क्षेत्रका लागि आशालाग्दो सम्भावना रहको बताए ।