आरती साहलाई न्याय माग्दै माइतीघर मण्डलामा कपाल मुण्डन

रंग नेपाल २०८० भदौ २२ मा प्रकाशित

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहको न्यायका लागि आन्दोलनरत उनका आफन्तले काठमाडौंको माइतीघर मण्डलामा कपाल मुण्डन गराएका छन् ।

माइतीघरमा धर्नामा बसेका उनका परिवारका सदस्यले साहलाई न्यायको माग गर्दै कपाल मुण्डन गरेका हुन् ।

साहको न्यायका लागि उनका परिवार लगायत अधिकारकर्मीहरू ८५ दिनदेखि काठमाडौंमा आन्दोलनरत रहेका छन् । सरकारले आफूहरूको आन्दोलनलाई बेवास्ता गरेको उनीहरू गुनासो छ ।

आरती गत जेठ ८ गते घरमै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । दाइजोको नाममा आरतीको हत्या भएको माइती पक्षको दाबी छ।

आरतीका श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणु मिलेर उनको हत्या गरेको पीडितको भनाइ छ ।

धेरै पढिएका

पछिल्ला अपडेट