अनितालाई ‘दी मिसेस नेसनल’ को ताज

रंग नेपाल २०८० असार ५ मा प्रकाशित

काठमाडौं । विवाहित महिलाबिच सौन्दर्य प्रतियोगितामा अनिता यादवले ‘दी मिसेस नेसनल २०२३’ को ताज पहिरेकी छन् । क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा ललितपुरको म्युजिक सिटी हलमा आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि पार्दै अनिताले उपाधि प्राप्त गरेकी हुन् । उनले दर्शकको छनोट अवार्ड पनि प्राप्त गरेकी छन् ।

लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपा थानी फस्र्ट रनर्सअपका साथ बेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भएकी थिइन् ।

विभिन्न मनोरञ्जक प्रस्तुतिसहितको प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसिप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव बेस्ट स्माइल, बिन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाण बेस्ट फिगर र सिर्जना यादव बेस्ट वाक उपाधि विजेता भइन् ।

प्रतियोगितामा मोडल दीपक घिमिरे, एभरेस्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनिता चौलागाईं र जुम्बा इन्स्ट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए ।

आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलालाई चौघेराभित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा तिनमा अन्तर्निहित प्रतिभा उजागर गरी बाहिर ल्याउने उद्देश्यले दी मिसेस नेसनल आयोजना गरिएको जानकारी दिए ।

धेरै पढिएका

पछिल्ला अपडेट