काठमाडौं । आफूलाई बोल्ने समय उपलब्ध नगराइएको भन्दै प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंह संसद बैठकमै नाङ्गिएका छन् ।
विभिन्न बेथितिहरूमाथि सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गर्न सांसदहरूले विरोध र ध्यानाकर्षणका रचनात्मक शैलीहरू अपनाउन थालेका छन् । तर, सांसद अमरेश कुमारले भने संसद बैठक चलिरहेकै बेला आफ्नो शरीरको कपडा खोलेर अर्धनग्न बन्दै अश्लील हर्कत प्रस्तुत गरे ।
उनको यो हर्कत कुनै बेथितिका विरुद्ध ध्यानाकर्षण थिए । आफूले बोल्न पाउनुपर्ने सामान्य मागको ध्यानाकर्षका लागि उनी अर्धनग्न बनेपछि अहिले सामाजिक सञ्जालहरूमा उनको तीव्र आलोचना सुरू भएको छ ।
जनताको समस्या उठान गर्दा पनि सामाजिक सञ्जाल र मिडियाको ट्रोल बनिन्छ कि बनिदैन भन्ने सोचबाट अघि बढिरहेका सांसद र नेताहरू यस्तै हर्कतहरूमा फस्ने पनि गरेका छन्, आज अमरेश फसे !
हुन् त उनी संविधानसभामा पनि विवाद र चर्चामा आइरहेने सांसदका रुपमा चिनिएका छन् । तर, आज उनको नाङ्गिने हर्कतले भने उनी नराम्ररी नै नाङ्गिएका छन् ।