पूर्वमाओवादी लडाकु ‘लेडी ड्रयागन’सँग खेल्न पुरूषहरू पनि हत्तपत्त आँट गर्दैनन्

रंग नेपाल २०७९ चैत १९ मा प्रकाशित

काठमाडौं । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ ।

कतिपय रेस्लिङका पारखीलाई त महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ र भन्ने पनि लाग्दो हो । आफूलाई ‘लेडी ड्रयागन’ नामले चिनाउने मुना श्रेष्ठ यस्तो रेस्लर हुन्, जो पुरुषसँगै खेल्छिन् ।

उनी महिला रेस्लरभन्दा पनि पुरुष रेस्लरसँग बढी प्रतियोगिता खेल्दै आएकी छन् । खोटाङको दिक्तेलमा जन्मेकी यी नेपाली महिला रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेकी छन् ।

त्यसो त उनीसँग महिला खेल्न पनि मान्दैनन् । कतिपय देशका महिला खेलाडी पनि उनीसँग खेल्न डराउँछन् । त्यसकारण पनि उनी पुरुषसँग खेल्छिन् ।

उनले सन् २०१९ मा नेपालमा भएको एसियन अन्तर्राष्ट्रिय महिला रेस्लिङ च्याम्पियनसीपमा भारतीय खेलाडीलाई पराजित गर्दै उपाधि हासिल गरेकी हुन् । उनी माओवादी पूर्व लडाकु पनि हुन् । माओवादी लडाकु बन्दै जनयुद्धको बेलामा कैयौं भिडन्तमा ज्यान जोगाउन मुस्किल परेको उनी सम्झिन्छिन् ।

धेरै पढिएका

पछिल्ला अपडेट