काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले छवि ओझासँगको मुद्दा जितेकी छिन् ।
मुद्दा जितेसँगै उनीहरुको आधिकारीक रूपमा सम्बन्धविच्छेद भएको छ । शिल्पाले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा हालेकी थिइन् । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने फैसला सुनाएको छ। यस्तै, शिल्पा र छविसँगै रहँदा छविलाई लागेको ऋणमा शिल्पाले आधा तिनुपर्ने निर्णय पनि अदालतले गरेको छ ।
छविको ऋण २० करोडभन्दा माथि देखिएको छ । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि छविले शिल्पासँग विवाह गरेका थिए । तर, छविको शिल्पासँगको सम्बन्ध पनि लामो समय टिक्न नसकेको हो ।