घोराहीमा जारी प्रदेशस्तरीय प्रदर्शनीको समय तीन दिन थपियो

रंग नेपाल २०७९ फागुन १२ मा प्रकाशित

दाङ । घोराहीमा जारी ‘लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ तीन दिन थप गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराही उपमहानगरपालिका–१४ झिगौरामा जारी प्रदर्शनी तीन दिन थप गरिएको आयोजक मूल समितिले जानकारी दिएको हो ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ’ भन्ने मूल नाराका साथ फागुन ३ देखि १३ गतेसम्म आयोजना गरिएको प्रदर्शनी तीन दिन थप भएसँगै फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

घरेलु तथा साना उद्योग महासंघ एवम् दर्शकहरुको माग अनुसार तीन दिन थप गरिएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिए । प्रदर्शनी थप भएसँगै स्थानीय साना तथा घरेलु उद्योगीहरु पनि खुसी भएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट