अभिनेता शाहलाई अदालतमा उपस्थित गराउन आदेश

रंग नेपाल २०७९ माघ २३ मा प्रकाशित

काठमाडौं । अभिनेता पल शाह प्रकरणमा दुवै पक्षलाई उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ । जिल्ला अदालत नवलपरासीले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्व शाहले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउन आदेश दिएको हो ।

जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई बालिका बलात्कार आरोपमा सफाई दिँदै बाल यौन दूराचारको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । शाहविरुद्व तनहुँमा पनि बलात्कार मुद्दा परेकामा तनहुँ जिल्ला अदालतले भने सफाइ दिइसकेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट