तामाङ चलचित्र ‘नाना आङा’ चैत्र दोस्रो सातामा प्रदर्शन हुने

रंग नेपाल २०७९ माघ २२ मा प्रकाशित

हेटौंडा  । तामाङ चलचित्र ‘नाना आङा’ चैत दास्रो सातादेखि प्रदर्शन हुने भएको छ ।

आइतबार हेटौंडामा पत्रकार सम्मेल गर्दै निर्माण पक्षले प्रदर्शनका लागि सबै व्यवस्थापकीय तयारी पूरा भएको र चलचित्रको ‘प्रमियर शो ’ हेटौंडास्थित ओम्याक्स हलमा हुने जानकारी दिएको छ ।

जिम्बा फिल्मस् प्रोडक्सनको १२ औँ प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई निमा लामा तामाङले निर्देशन गरेका छन् । जय स्याङतानको कथा लेखनमा फिल्म तयार भएको हो ।

‘नाना आङा’ अर्थात ‘दिदिबहिनी’ को मुख्य भूमिकामा आधारित चलचित्रमा दिदिको भूमिकामा नायिका करिशा वाईबा र बहिनीको भुमिकामा कल्पना वाईबा रहेकी छिन् ।

चलचित्रमा नायकहरु जय स्याङ्तान, सिताराम स्याङ्तान र सिताराम गोले रहेका छन् ।

मनाङ, काठमाडौं लगाएत हेटौंडाको विभिन्न क्षेत्रमा सुटिङ गरिएको तामाङ चलचित्र नेपाली चलचित्र भन्दा कम नभएको निर्देशक लामाले बताए । उनले तामाङ चलचित्र भन्ने बित्तिकै जाँड रक्सी खाने भूमिका रहेको पाइएको भन्दै यो चलचित्र अलि फरक भएको बताए ।

चलचित्र हेटौंडा, काठमाडौं, सर्लाही लगायत १२ वटा भन्दा हलमा प्रदर्शन हुने बताइएको छ । चलचित्रमा गायक विशाल काल्तान, जितु लोप्चन र गायिका सुभा तामाङ, निर्मला घिसिङ र शशीकला मोक्तानको श्वर रहेको छ ।

चलचित्रमा सुनिल लोप्चन, जगत मोक्तान, माया घलान, पुजा लामा ,सुदिप श्रेष्ठ, च्याङ्बा गोङ्बा, राजेन्द्र गौतम, सुनलाल वाईबा, राजकुमार स्याङतान,सुदीप राजबहाक, निर्मला पाख्रिन, शमिर थिङ र रमा मोक्तान लगायत कलाकारहरुको अभिनय रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट