जोर्नी दुख्ने समस्या छ ? त्यसो भने भोजनमा समावेश गर्नुहोस् यी खानेकुरा

रंग नेपाल २०७९ कार्तिक २ मा प्रकाशित

जोर्नी दुख्ने आर्थराइटिसको समस्या अधिकांशमा हुन्छ ।

पहिले यस्ता बिरामीहरु वृद्धावस्थामा मात्र देखिने गर्दथे । तर, आजभोलि यसबाट अधिकांशतः अछूतो छैनन् । अस्वस्थ खानपान र जीवनशैलीका कारण यस्तो समस्याबाट हरकोही गुज्रिरहेका छन् ।

यदि तपाई पनि यस्तो समस्यासँग जुझिरहनु भएको छ भने आज हामी तपाईलाई यसबाट मुक्ति दिलाउने केही खाद्य तत्वको बारेमा बताउँदैछौं, जसलाई खानामा संलग्न गर्दा तपाईले राहत पाउन सक्नुहुन्छ

ब्रोकाउली
ब्रोकाउलीमा यस्ता धेरै पोषक तत्वहरु पाइन्छन् जसले जाडो महिनामा मानिसलाई स्वस्थ बनाउन सहयोग गर्छ । बेलायतको युनिभर्सिटी अफ ईस्ट एन्जेलियाका शोधकर्ताका अनुसार ब्रोकाउलीमा यस्तो तत्व पाइन्छ जसले गठियावादबाट बचाउन र यो रोगलाई बढ्नबाट रोक्न मद्दत गर्छ । यसमा रहेको क्याल्सियम, कार्बोहाईड्रेट, प्रोटिन, आइरन, भिटामिन ए र सी, क्रोमियम आदि शरीरलाई स्वास्थ राख्ने तत्वहरु पाइन्छन् ।

लसुन
आर्थराइटिस बिमारीले आफ्नो खानपिनमा दैनिकरुपमा लसुन प्रयोग गर्नु निकै लाभदायक मानिन्छ । यसमा पाइने एन्टीब्याक्टेरिया, एन्टी फंगल, एन्टी बायोटिक र एन्टी इन्फ्लेमेट्री गुणले जोर्नीको पीडाबाट छुटकारा दिन मद्दत गर्छ ।

बेथु
आर्थराइटिस रोगीका लागि बेथु सागको रस वरदान मानिन्छ । आफ्नो डाइटमा बेथु सागलाई राख्नुका साथै दैनिक यसको काँचो रस पिउनाले यसबाट राहत पाउन सकिन्छ । यसलाई कम्तिमा पनि तीन महिनासम्म लगातार पिउनुहोस् ।

बेसार
बेसारमा करक्यूमिन नामको तत्व पाइन्छ जसले बिमारी फैलाउने ब्याक्टेरियालाई सखाप पार्छ । यसकारण पनि शरीरका जोर्नी दुख्ने समस्या भएका बिमारीहरुले यसको सेवन गर्न राम्रो मानिन्छ । साथै यसले तपाईको पीडामा राहत दिन्छ ।

ओमेगा थ्री एसिड
आर्थराइटिसबाट छूटकारा पाउन ओमेगा थ्री फैटी एसिड डाइटमा राख्नु राम्रो मानिन्छ । यसका लागि तपाईले एल्गीको तेल, माछाको तेल, सैमन माछा आफ्नो डाइटमा राख्नुपर्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट