काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’को सिक्वेल थियो, जसलाई दर्शकले मन पराएका थिए । यो फिल्मको ब्लकबस्टर सफलता पछि, अब दर्शकहरू यसको तेस्रो भागको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।
अब, ‘पुष्पा ३’को बारेमा रोचक जानकारी बाहिर आएको छ । ब्लकबस्टर एक्सन ड्रामा ‘पुष्पा ३’को तेस्रो सिरिज आउने निश्चित भएको हो । ‘रोबिन हुड’को प्रमोशनल कार्यक्रमको क्रममा निर्माता रविशंकरले पुष्पा ३ को बारेमा अपडेट साझा गर्दै यसको रिलिजको घोषणा गरेका छन् ।
उनले ‘पुष्पा–३’ २०२८ मा रिलिज हुने बताए । यो अपडेट ‘पुष्पा २ः द रुल’को सफलतापछि आएको हो, जसले विश्वव्यापी रूपमा १६५० करोड भारुभन्दा बढी कमाएको थियो र दंगल र बाहुबली २ पछि तेस्रो सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो ।
राम चरणसँगको आफ्नो हालको परियोजना पूरा गर्ने बित्तिकै निर्देशक सुकुमारले पुष्पा ३ मा काम सुरु गर्ने बताइएको छ । अर्कोतर्फ, अल्लु अर्जुनले एटली, त्रिविक्रम र अन्यसँग आफ्नो फिल्महरू पूरा गर्नेछन् ।
पुष्पा सिरिजमा अल्लु अर्जुनका अलवा रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, सुनिल लगायतको भूमिका रहेको छ र फिल्मलाई मिथ्री मुभी मेकर्सले निर्माण गरेको थियो ।