काठमाडौं । चलचित्र लाज शरणमको प्रचारप्रसार रोक्न अदालतले आदेश दिएको छ ।
मंगलबार पाटन उच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ गर्दै प्रचारप्रसार रोक्न आदेश जारी गरेको हो । न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै आलमले रिट दायर गरेका थिए ।
अदालतले चलचित्रको सेन्सर पास हुनुअघि कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न अदालतले आदेश दिएसँगै प्रचारप्रसार गर्न नपाइने भएको हो । अदालतको आदेशसँगै बुधबार हुने भनिएको ट्रेलर रिलिज रोकिएको छ ।