राजेश पायल राईको स्वरमा ‘रित्तो जन्मेँ’ सार्वजनिक

रंग नेपाल २०८१ माघ २९ मा प्रकाशित

काठमाडौं । गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्मेँ’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्मेँ, रित्तो जान्छु’ उनको रेकर्ड भएको तेस्रो गीत हो ।

गीतमा विक्रम राईको संगीत, सागर संसार राईको एरेन्ज, किशोर थापाको मिक्सिङ मास्टरिङ र राजेश श्रेष्ठ रेकर्डिस्ट रहेको छ । उनले रित्तो जन्मिएर रित्तै जानुपर्ने यथार्थता प्रस्तुत गर्दै गीतमार्फत माया प्रेम, सद्भाव र हाँसीखुसी बाँच्नुपर्ने बताएका छन् ।

‘ए वान म्यूजिसियन स्टुडियो’ मा रेकर्ड भएको उनको गीत ‘मेनुका राई इन्टरटेनमेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो । यसअघि उनका तिमी मेरो पारूहाङ (पुरूष) र तिमी मेरो सुम्निमा (महिला) गीत सार्वजनिक भएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट