फिल्म ‘पीआर’को छायांकन सुरु

रंग नेपाल २०८१ माघ २९ मा प्रकाशित

काठमाडौं । सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पीआर’को मंगलबारबाट छायांकन सुरु भएको छ ।

अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा फिल्मको मूर्हतसँगै छायांकन सुरु भएको हो । रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।

निर्देशक बस्नेतका अनुसार कलाकारहरु आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी र आस्मा अधिकारीले मूर्हत सर्ट दिएका थिए ।

फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको अभिनय छ ।

फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसिका गणेश केसी कार्यकारी निर्माता छन् ।

फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ ।

निर्देशक बस्नेतले फिल्मको छायांकन अस्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए ।

धेरै पढिएका

पछिल्ला अपडेट