काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोजा गुरुङको शब्द रचना रहेको छ ।
नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी (चेली)लाई गरिबीको कारण समयमै उपचार गर्न नसक्दा गुमाउँदाको सत्य घटनाको पीडालाई भिडियोमा देखाइएको छ ।
कलाकार बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको ‘चेली’मा टिकाराम घले, माया गुरुङ, सुनिता गाहालगायत करिब १ दर्जन कलाकारहरुको अभिनय रहेको छ ।
सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोजाको स्टोरी, सुबास शाहको सम्पादन, रविन विकेको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी रहेकोम छ । म्युजिकल स्टोरी फिल्म ‘चेली’लाई एम सिरिज ग्लोबलले निर्माण गरेको हो ।