मुम्बई । देशी गर्ल प्रियंका चोपडा छिट्टै बलिउडमा कमब्याक गर्दैछिन् ।
उनी खासमा साउथ सुपरस्टार निर्देशक एसएस राजामौलीको फिल्म एसएसएमबी २९ मा देखिदैँ छिन् । यस फिल्ममा अर्का बलिउड अभिनेताको नाम पनि समावेश गरिएको छ, यसअघि यो फिल्ममा पृथ्वीराजलाई रिप्लेस गरिएको थियो ।
मिडिया रिपोर्टका अनुसार यसअघि फिल्म एसएसएमबी २९ मा पृथ्वीराज सुकुमारनलाई कास्ट गर्ने चर्चा थियो । तर अब निर्माताले उनको ठाउँमा अभिनेता जोन अब्राहमलाई फिल्ममा लिएका छन् । यो फिल्ममा जोन अब्राहमसँग प्रियंका चोपडाका धेरै सिन रहेको बताइएको छ, जसको सुटिङ हैदराबादमा मात्र हुनेछ । यसबाहेक फिल्ममा साउथ सुपरस्टार महेश बाबु पनि छन् ।
कलाकारहरूले सेटमा फोन लिन पाउने छैनन् किनभने अन्य फिल्महरू जस्तै निर्देशक राजामौली यस फिल्मको छायांकन गोप्य राख्न चाहन्छन् र यससँग सम्बन्धित कुनै पनि जानकारी मिडिया वा सोशल मिडियामा लीक हुनबाट रोक्न चाहन्छन् । यस्तो अवस्थामा एसएस राजामौलीले एसएसएमबी २९ को सुटिङ र कथा गोप्य राख्न ठूलो कदम चालेका छन् ।
मिडिया रिपोर्टका अनुसार उनले आफ्नो टोली र कलाकारहरुद्वारा हस्ताक्षर गरेको एक गैर खुलासा सम्झौता पाएको छ। यो सम्झौता अनुसार सेटबाट फिल्मसँग सम्बन्धित जानकारी दिन कसैलाई पनि अनुमति दिइने छैन । कलाकारहरूले सेटमा आफ्नो फोन लिन पाउने छैनन् ।
खासमा, प्रियंका चोपडा र जोन अब्राहम १७ वर्षपछि एकसाथ स्क्रिन सेयर गर्दैछन् । यसअघि यी दुवै सन् २००८ मा आएको फिल्म ‘दोस्ताना’ मा देखिएका थिए । जोन र प्रियंकाका अलावा फिल्ममा अभिषेक बच्चन र किरण खेर पनि महत्वपूर्ण भूमिकामा थिए ।