कविता संग्रह ‘अगुल्टो’ विमोचन

रंग नेपाल २०८१ माघ १८ मा प्रकाशित

प्यूठान । प्यूठान नगरपालिका–४ टारी निवासी युवा साहित्यकार सुमन सुवेदीको कविता संग्रह ‘अगुल्टो’ सार्वजनिक गरिएको छ । सुवेदीद्वारा लिखित कविता संग्रहको बुधबार सहिद दिवसको अवसरमा विमोचन गरिएको हो । सुवेदीको यो पहिलो कृति हो ।

प्यूठान–७ सहिद पार्कमा आयोजित कार्यक्रममा सहिद पार्क निर्माण समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि ज्ञामुराम न्यौपानेले कविता संग्रहको विमोचन गरे । विमोचन गरिएको संग्रहमा ५२ वटा कविता समावेश गरिएको छ ।

साहित्य परिषद् प्यूठानले आयोजना गरेको कार्यक्रमका सहभागिहरुले युवा साहित्यकार सुवेदीले समाजमा रहेका अन्याय, अत्याचार, भ्रष्टाचारको विरुद्धमा निरन्तर आवाज उठाइरहेको बताए ।

साहित्य परिषद् प्यूठानका कार्यवाहक अध्यक्ष विमला खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत साहित्य परिषद् प्यूठानका कोषाध्यक्ष राजकुमारी कुँवर र सञ्चालन सचिव ध्रुव गिरीले गरेका थिए । सहिद दिवसको अवसरमा कविता वाचन तथा रक्तदान कार्यक्रमसमेत गरिएको थियो ।

कार्यक्रममा नागरिक सरोकार समाजले पत्रकार सलिम मियाँलाई कदरपत्र र दोसल्लाले सम्मान गरेको थियो ।

धेरै पढिएका

पछिल्ला अपडेट