निफको राष्ट्रिय प्रतिस्पर्धामा छानियो ‘सानो संसार’

रंग नेपाल २०८१ माघ १४ मा प्रकाशित

काठमाडौं । आगामी चैत ७ गतेदेखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)मा राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत चलचित्र ‘सानो संसार’ छानिएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।

माघ २ गते ७० देशको ६०० बढी चलचित्रबाट ४० देशका ८७ चलचित्र महोत्सवका लागि छानिएको आयोजकले सार्वजनिक गरेको थियो । त्यसमध्ये नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भुठान’का निर्माताहरुले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि त्यस चलचित्रलाई महोत्सवबाट हटाइएको हो । त्यस चलचित्रलाई हटाएपछि त्यसको सट्टामा अर्को चलचित्रलाई समावेश गर्न सकिने हुनाले इच्छुक चलचित्रकर्मीहरुलाई आवेदनको लागि आयोजकले सामाजिक सञ्जालमार्फत आह्वान गरेको थियो । त्यसपछि प्राप्त चलचित्रहरु मध्यबाट ‘सानो संसार’ छानिएको आयोजक निफका अध्यक्ष अध्यक्ष केपी पाठकले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट