हैदाराबाद । सन् २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म ‘पुष्पा २’ले बक्स अफिसमा अझै दबदबा कायम राखेको छ । यो फिल्मले विश्वभर धेरै कमाईको रेकर्ड तोडेको छ र भारतको दोस्रो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ।
एकातिर यो फिल्मको सक्सेस पार्टीका निर्माता–निर्देशकहरु मनाउँदैछन् भने अर्कातिर यो फिल्मसँग जोडिएका ब्यक्तिहरूको घर–अफिसमा आयकर छापा मार्ने क्रम सुरु भएको छ ।
न्यूज १८ को वेबसाइटमा प्रकाशित समाचार अनुसार आयकर विभागका अधिकारीहरूले बुधबार ९२२ जनवरी० हैदराबादस्थित ‘पुष्पा २’ निर्देशक सुकुमारको घर र कार्यालयमा छापा मारेका थिए । साक्षीका अनुसार छापा बिहान सबेरै सुरु भएको थियो र केही घण्टासम्म चलेको थियो । त्यो बेला सुकुमार हैदराबाद एयरपोर्टमा थिए जब आयकर अधिकारीहरूले उनलाई उनको निवासमा छापा मारिएको थियो ।
यद्यपी छापा मार्नुको उद्देश्य र नतिजाबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन । यस छापा मार्ने सम्बन्धमा आयकर विभागका कुनै पनि अधिकारीले कुनै बयान दिएका छैनन् । सुकुमार हालै रिलिज भएको फिल्म ‘पुष्पा २ः द रुल’को सफलताको आनन्द लिइरहेका बेला यो छापा मारिएको हो । यस फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना मुख्य भूमिकामा छन् र यो फिल्मले विश्वभर १८०० करोडभन्दा बढी कमाई गरेको छ । साथै, हिजो मात्रै आयकर विभागले निर्माता दिल राजुको सम्पत्तिमा पनि छापा मारेको छ ।
आयकर अधिकारीहरूले कर छलीको आशंका गर्दै कागजातहरू जाँच गरिरहेका छन् । यो कारबाही कथित बेहिसाब आम्दानीको अनुसन्धानको हिस्सा भएको बताइएको छ । अधिकारीहरूले सम्भावित कर छली पत्ता लगाउन वित्तीय रेकर्ड र लेनदेनको जाँच गरिरहेका छन् । थप विवरण आउन बाँकी रहेको छ ।