काठमाडौं । लोकदेउडा गायक कमल विरही थापाले देउडा गीत सुनतारा बजारमा ल्याएका छन् ।
इजू, उडिगै डालिका मैना, चिना हरायाको मान्छे, निलकमल फुल्यो जस्ता थुप्रै चर्चित गीत बजारमा ल्याइसकेका थापाले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका हुन् । उनले गीत आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका छन् ।
रेस विसीको निर्देशन र जानकी थापा मगरको निर्माणमा बनेको गीतमा थापालाई तुलसी घर्ती मगरले स्वरमा साथ दिएकी छन् । रेस विसी, निरुता विष्ट र गोपाल चौलागाईंको अभिनय छ ।
संगीत संयोजन तेजेन्द्र गुरुङको र क्यामरासँगै भिडियो सम्पादन कमल सुनारको छ ।
थापा देउडा क्षेत्रका पुराना गायक हुन् । आजभोलि उनी जिविको पार्जनका लागि दक्षिण कोरिया छन् । परदेश भए पनि उनले नेपाली गीत/संगीत भुलेका छैनन् ।
परदेशैबाट पनि उनी सांगीतिक क्षेत्रमा सकेको योगदान पुर्याइरहेका हुन्छन् । उनले आगामी दिनमा पनि गीत बजारमा ल्याउने सोच रहेको बताए ।