सलमानलाई फेरि ज्यान मार्ने धम्की, रोकियो ‘सिकन्दर’को सुटिङ

रंग नेपाल २०८१ कार्तिक ७ मा प्रकाशित

काठमाडौं । बाबा सिद्दिकीको हत्यापछि बलिउड अभिनेता सलमान खान लगातार चर्चामा छन् । उनलाई लरेन्स बिश्नोई गिरोहबाट धम्की आइरहेको छ ।

लगातार ज्यान मार्ने धम्की आइरहेको कारण उनको कामसमेत प्रभावित भएको छ । यस्तो अवस्थामा उनको सुरक्षा निकै बढाइएको छ । यसअघि पनि उनलाई यस्तो धम्की आएको थियो । अहिले सलमानको सुरक्षालाई ध्यानमा राख्दै उनको कार्यक्रमहरु रद्द गरिएको बताइएको छ ।

उनको आगामी फिल्म ‘सिकन्दर’को सुटिङ पनि रोकिएको बताइएको छ । यद्यपी ‘सिकन्दर’को सुटिङ रोकिएको आधिकारिक पुष्टि अहिलेसम्म आएको छैन तर उनको नजिककाले यसको पुष्टि गरेका छन् । सलमानले केही समय कुनै पनि सुटिङ नगर्ने भएका छन् ।

सलमान खानको नजिककाले पनि धम्कीका बीच सलमान खानको आगामी फिल्म सिकन्दरको सुटिङ रोकिएको बताए । सिकन्दर २०२५ को इदको अवसरमा रिलिज हुने भएकाले अब यो सम्भव हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको छ । किनकी समयमै छायांकन नसकिए फिल्म कसरी रिलिज हुन्छ ।

सलमानका फ्यानहरु उनको आगामी फिल्म सिकन्दरको प्रतिक्षामा छन् तर अब यो प्रतिक्षा अझै बढ्न सक्ने देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट