पर्यटन व्यवसायी वसन्त मिश्रको निधन

रंग नेपाल २०८१ कार्तिक ४ मा प्रकाशित

काठमाडौं । पर्यटन व्यवसायी वसन्तराज मिश्रको ७२ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना भएका थिए ।

मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मिश्रका श्रीमती र एक छोरा छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट