मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’ गीतको म्युजिक भिडियो सार्वजनिक

रंग नेपाल २०८१ असोज ९ मा प्रकाशित

काठमाडौं । बालगायक मृदुल राठीको आवाजमा ‘मेरो मन्दिर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो सुरशाला युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक भएको हो ।

गायनमा एकदमै रुची राख्ने राठीले आफ्ना हजुरबुबा, हजुरआमा, बुबाआमाको प्रेम त्यागप्रति गीत समर्पित गरेका हुन् ।

म्युजिक भिडियोमा बालगायक राठीकै बुबा आमाको मुख्य अभिनय रहेको छ । यस भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् भने निसल पौडेलले भिडिओको छायांकन गरेका हुन् ।

भिडियो र गीतका शब्दहरूले अभिभावकहरूले आफ्ना सन्तानप्रति गर्ने स्नेह, त्यागलाई देखाउँदै सन्तानले अभिभावकको प्रेमप्रति देखाएको सम्मानलाईसमेत झल्काएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट