पूर्णिमा लामालाई सर्वोत्कृष्ट गायिका अवार्ड

रंग नेपाल २०८१ असोज ७ मा प्रकाशित

काठमाडौं । गायिका पूर्णिमा लामा सर्वोत्कृष्ट गायिका अवार्ड २०२४ बाट सम्मानित भएकी छन् ।

‘जीवनको यो आफ्नै नाटक’ बोलको गीतबाट गायिका लामाले आधुनिक तथा पप गायिका विधाबाट सर्वोत्कृष्ट गायिका अवार्ड प्राप्त गर्न सफल भएकी हुन् ।

नवदुर्गा पार्टी भेन्यु सुकेधारास्थित आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ समारोहकाबिच उनी सम्मानित भएकी हुन् । नेपाली गीत संगीत क्षेत्रमा लामाले पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्दै आयोजक कमिटीद्वारा लामालाई खादामाला लगाई अवार्डको प्रमाणपत्र प्रदान गरिएको थियो ।

डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित उनको स्वरमा सातसय बढी गीत सार्वजनिक भएका छन् । उनका ‘आगो’, ‘बन्दुक र गोली’लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन् ।

संगीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन्,‘गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ । बिनाअध्ययन र ज्ञान संगीत अधुरो छ ।’

धेरै पढिएका

पछिल्ला अपडेट