चलचित्र विकास बोर्डको अध्यक्षका लागि करिस्माले दिइन् निवेदन

रंग नेपाल २०८१ साउन ३० मा प्रकाशित

काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि अभिनेत्री करिस्मा मानन्धरले आवेदन दिएकी छिन् । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो निवेदन दर्ता गराएकी हुन् ।

मानन्धरसहित अहिलेसम्म तीन जनाले आवेदन दिएका छन् । यसअघि निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी र राष्ट्रिय नाचघरका पूर्वमहाप्रवन्धक राजेश थापाले पनि निवेदन दिएका थिए ।

बोर्ड अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि रिक्त रहेको पदका लागि मन्त्रालयले साउन १६ गते दरखास्त आह्वान गरेको थियो । आवेदन दिने अन्तिम मिति बुधबारसम्म रहेको छ ।

आवेदन प्रक्रिया सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ताका लागि सूचना जारी गर्नेछ । त्यसपछि आवेदकहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ । अन्तमा मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट