यस्तो छ ‘रावायण’को फस्टलुक

रंग नेपाल २०८१ साउन १७ मा प्रकाशित

काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा फिल्मका नायक पल शाह सोलो फिचर्ड छन् ।

फस्टलुकमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा देख्न सकिन्छ । पलको क्यारेक्टर लुक्सले दर्शकमाझ कौतुहलता पैदा गरेको छ ।

फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बनेको फिल्मकी निर्माता पूजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ ।

फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा। कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ ।

फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट