प्रभासको ‘कल्की २८९८ एडी’ले कति कमायो ?

रंग नेपाल २०८१ असार २८ मा प्रकाशित

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘कल्की २८९८ एडी’ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार भारतमा फिल्मले १४ दिनमा ५३६ करोड ७५ लाख भारू कमाइ गरेको छ । फिल्मले विश्वभरबाट ९०० करोड भारूमाथि कमाएको छ ।

फिल्मले हिन्दी भाषामा २२९ करोड ५ लाख, तेलुगु भाषामा २५२ करोड १ लाख, तमिल भाषामा ३१ करोड ५५ लाख, मलयालम भाषामा १९ करोड ६५ लाख, कन्नड भाषामा ४ करोड ४ लाख भारू कमाइ गरेको हो ।

नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ । फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ ।

धेरै पढिएका

पछिल्ला अपडेट