स्काई वाक टावरमा म्युजिक एण्ड फुड फेस्टिभल हुने

रंग नेपाल २०८१ असार ५ मा प्रकाशित

काठमाडौं । वर्षकै लामो दिन आगामी शुक्रबार अर्थात् असार ७ ९जुन २१० मा काठमाडौंको कमलादीस्थित स्काई वाक टावरमा म्युजिक एण्ड फुड फेस्टिभल हुने भएको छ ।

विश्व संगीत दिवसको अवसर पारेर नेपाल सांगीतिक संघ र स्काई वाक टावर सञ्चालक वन्डर्स नेपालले फेस्टिभल आयोजना गर्न लागेको हो ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मिलन मोक्तानले फेस्टिभलमा कलाकारलाई सम्मानसँगै सांगीतिक प्रस्तुति रहने बताए ।

‘हामी उत्सवको रुपमा मनाउन गइरहेका छौं । सधै हलभित्र कार्यक्रम गरिरहँदा यसपटक फरक सोचका साथ स्काई वाक टावरमा कार्यक्रम गर्न लागेका हौँ ।’ उनले भने, ‘फेस्टिभलमा कलाकारहरुले पप, मेटल, ज्याज संगीत प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमका लागि उहाँहरु निकै उत्साहित हुनुहुन्छ ।’

स्काई वाक टावरका प्रमुख कार्यकारी अधिकृत कवीन्द्र श्रेष्ठले स्काई वाक टावरलाई चिनाउनका लागि फेस्टिभलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘हामीले कार्यक्रमको दिन स्काई वाक चढ्ने व्यक्तिहरुलाई टिकटमा ५० प्रतिशत छुटकोसमेत व्यवस्था गरेका छौँ ।’ उनले भने ।

स्काई वाक टावरमा जानका लागि नेपालीलाई १ हजार रुपैयाँ र विदेशीलाई १ हजार ६ सय रुपैयाँ शुल्क लिने गरिएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट