काठमाडौँ । जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।
शुक्रबार नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले झालाई कालोमोसो दलेका हुन् ।
झालाई पुस्तक छपाइमा लापरबाही गरेको भन्दै कालोमोसो दलेको केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जनाएका छन् ।
राजधानीसहित देशका विभिन्न विद्यालयहरुमा पाठ्यपुस्तकको चरम अभाव भएको भन्दै झालाई कालोमोसो दलिएको शाहीले बताए ।