काठमाडौं । काठमाडौं ठमेलस्थित छायाँ सेन्टरको प्लेब्वाई क्लबमा भोलि शुक्रबार बिकिनी फेशन शो हुने भएको छ ।
‘युसा विरागो शो’को चौथो वार्षिकोत्सवको अवसरमा यहाँ बिकिनी फेशन शो हुन लागेको हो । शोमा १५ जना हट मोडलहरुले आफ्नो बिकिनी डान्ससहितको प्रस्तुति दिने मोडल युसा मगरले जानकारी दिइन् ।
कार्यक्रममा विशेष नृत्य शो, म्याजिक मशरूमको लाइभ म्युजिक र डेनजोंग केटीएम हाइप डीजे सुजितको लाइभ रहनेछ ।