लामो समयपछि कमब्याक गर्ने तयारीमा आमिर खान

रंग नेपाल २०८० माघ २३ मा प्रकाशित

फाइल तस्वीर

काठमाडौं । फिल्म लालसिंह चड्ढाको असफलतापछि बलिउड अभिनेता आमिर खानले आफूलाई फिल्म उद्योगबाट टाढा राखेका थिए । अब भने उनी लामो समयपछि कमब्याक गर्ने तयारीमा छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी आगामी फागुन १ गतेबाट फिल्मको छायाङ्कन सुरु गर्दैछन् । फिल्म लालसिंह चड्ढाको असफलतापछि फिल्म क्षेत्रबाट लामो समयसम्म टाढा बसेका खानले अब आफू काम गर्न तयार रहेको बताएका छन् ।

आमिरले भने, ‘पहिले जसरी काम गर्थे, त्यसरी नै काम गर्नेछु । मलाई जुन कथा मन पर्छ त्यही गर्छु । मैले पहिलो पटक काम गरे जस्तै काम गर्नेछु । मेरो उमेर अनुसार सही कथा पाए र कुनै क्यारेक्टरमा फिट भएँ भने अवश्य गर्छु ।’

धेरै पढिएका

पछिल्ला अपडेट