६६ औं ग्रामी अवार्ड सम्पन्न

रंग नेपाल २०८० माघ २२ मा प्रकाशित

लसएन्जल्स । संगीत उद्योगको सबैभन्दा ठूलो अवार्डमध्ये एक ‘ग्रामी अवार्ड’को ६६ औं संस्करण ‘ग्रामी अवार्ड २०२४’ लसएन्जल्सको कोम एरिनामा आइतबार राती सम्पन्न भएको छ ।

यसपटक अवार्डमा बिली इलिश, दुआ लीपा, बिली चाइल्ड, कोको जोनस, ओलिविया रोड्रिगो र अन्य कैयौं स्टार अवार्डबाट सम्मानित भएका छन् ।

यसपटक टेलर स्विफ्टदेखि लिएर एड शीरन, जाकिर हुसनेसम्मले अवार्ड जिते । शोको होस्ट जस्टिन ट्रेटरले गरेका थिए । अमेरिकी गायिका तथा गीतकार एसजेटए यो वर्ष ९ मनोनयनका साथ अगाडि थिइन् । जसमा ‘सङ्ग’, ‘रेकर्ड’ र ‘एलबम’ प्रमुख थिए ।

यसपछि फोबे ब्रिजर्स, रिकर्डिंङ इञ्जीनियर सेर्बन गेनिया र विक्टोरिया मोनेट सात मनोनयनमा परेका थिए । ओलिविया रोड्रिगो र टेलर स्विफ्ट ६–६ मनोनयनमा थिए ।

यी हुन् प्रमुख विजेता

सङ अफ द इयर
ह्वाट ह्वाज आइ मेड फर–बिली इलिस

बेस्ट पप सोलो परफर्मेन्स
माइली साइरस–फ्लावर

बेस्ट एल्बम
एसजेटए–एसओएस

बेस्ट परफर्मेन्स
कोको जोन्स–आइसीयू

र्‍‍याप एल्बम
माइकल–किलर माइक

बेस्ट अफ्रिकन म्यूजिक परफर्मेन्स
टायला–वाटर

पप डुओ/ग्रुप परफर्मेन्स
एसजेटए, फोबे ब्रिजर्स–घोस्ट इन द मसिन

म्यूजिक भिडियो
द बीटल्स, जोनाथन क्लाइड, एम कुपर–आई एम ओन्ली स्लीपिङ

ग्लोबल म्युजिक परफर्मेन्स
जाकिर हुसेन, बेला फेक, एडगर मेयर–पश्तो

अल्टरनेटिभ म्यूजिक एल्बम
बायजिनियस– द रिकोर्ड

प्रोड्युसर अफ द इयर–नन क्लासिकल
ज्याक एन्टोनोफ

प्रोड्युसर अफ द इयर–क्लासिकल
ऐलेन मार्टोन

बेस्ट पप भोकल एल्बम
मिड नाइट्स–टेलर स्विफ्टस

बेस्ट आरएण्डबी सङ
स्नुज–एसजेटए

बेस्ट आरएण्डबी परफर्मेन्स
आइसीयू– कोको जोनस

बेस्ट आरएण्डबी एल्बम
जागुअर २–भिक्टोरिया मोनेट

बेस्ट कन्ट्री सङ
ह्वाइट हर्स–क्रिस स्टापलेटोन

बेस्ट कन्ट्री एल्बम
बेल बटन कन्ट्री– लेइनी विल्सन

धेरै पढिएका

पछिल्ला अपडेट