बोनी कपुर र भुटानी ग्रुपले उत्तर प्रदेशमा फिल्म सिटी निर्माण गर्ने

रंग नेपाल २०८० माघ १७ मा प्रकाशित

नोयडा । अन्ततः निर्माता–निर्देशक बोनी कपुर र भुटानी समूहले संयुक्त रुपमा उत्तर प्रदेशको गौतम बुद्ध नगर जेवरमा फिल्म सिटी निर्माण गर्ने भएका छन् ।

सो परियोजनाको लागि मंगलबार वित्तीय बोलपत्र खोलिएको थियो, जसमा बोनी कपुर र भुटानी समूहको संयुक्त लगानी बेभ्यू प्रोजेक्ट्स एलएलपीले सबैभन्दा बढी बोली लगाएर परियोजना जितेको हो । यस प्रोजेक्टको दौडमा अभिनेता अक्षय कुमार पनि थिए । वित्तीय बोलपत्रमा कम्पनीहरूले कूल राजस्व सेयर प्रतिशतको आधारमा बोलपत्र गर्छन् ।

१८ प्रतिशतको सफल बोली बेभ्यू प्रोजेक्ट्स एलएलपी द्वारा गरिएको थियो । यिडाका प्रमुख कार्यकारी अधिकृत अरुणवीर सिंहका अनुसार राजस्व बाँडफाँडको अर्थ कम्पनीले फिल्म सिटी निर्माण गरेपछि जति आम्दानी गर्छ, त्यसको १८ प्रतिशत प्राधिकरणलाई दिनु पर्नेछ । जग्गा उपलब्ध गराउनु सँगै अन्य पूर्वाधार पनि प्राधिकरणले उपलब्ध गराउने छ । निर्माण र अन्य सुविधा भने कम्पनीले विकास गर्नु पर्नेछ ।

यमुना एक्सप्रेसवे इन्डस्ट्रियल डेभलपमेन्ट अथोरिटीको इन्टरनेशनल फिल्म सिटी आयोजनाका लागि बोलपत्र दिने चार कम्पनीका प्रतिनिधिले प्रस्तुति दिएका थिए । सबै प्राविधिक रूपमा योग्य भेटिए र वित्तीय बोलपत्रको लागि पठाइयो । बेभ्यु प्रोजेक्ट्स एलएलपीका तर्फबाट बोनी कपूर, आशिष भुटानी, सीईओ भुटानी इन्फ्रा, अश्विनी चाटलेन र अली च्याटलेन, राजीव अरोरा, अरविन्द कुमार बिन्नीले प्रस्तुति दिएका थिए ।

यसबाहेक ४ लायन्स फिल्म्स प्रालि केसी बोकाडियाको तर्फबाट सुपरसोनिक टेक्नोबिल्ड प्रालि चलचित्र अभिनेता अक्षय कुमारको तर्फबाट दिनेश विजन म्याडक फिल्म्स र सुपर क्यासेट इन्डस्ट्रिज प्रालिद्वारा प्रस्तुत गरिएको थियो ।

अब एक हजार एकड जग्गामा फिल्म सिटी बनाइने पक्का भएको छ, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ६ महिनाभित्र यो परियोजनालाई निर्माण सुरु गर्न निर्देशन दिएका छन् । यमुना सिटीको सेक्टर–२१ मा सो फिल्म सिटी निर्माणको प्रस्ताव छ । एक हजार एकडमा फैलिने सो फिल्म सिटी पहिलो चरणमा २३० एकड जग्गामा निर्माण हुनेछ ।

यमुना विकास प्राधिकरणका अधिकारीका अनुसार पहिलो चरणमा फिल्म सिटी निर्माण गर्ने कम्पनीलाई दोस्रो चरणमा पनि प्राथमिकता दिइनेछ ।

धेरै पढिएका

पछिल्ला अपडेट