‘अगस्त्य’मा मलिका बनिन् चाँदनी

रंग नेपाल २०८० माघ ९ मा प्रकाशित

काठमाडौं । आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्य च्याप्टर १’ले फिल्मकी प्रमुख नायिका मलिका महतको लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा मलिकालाई फिल्मभित्र ‘चाँदनी’ चरित्रमा देखाइएको छ ।

फिल्म निर्माण पक्षले यसअघि सौगात मल्ल, नाजिर हुसेन र निश्चल बस्नेतको क्यारेक्टर लुक्स सार्वजनिक गरिसकेको छ ।

निर्माण पक्षले फिल्मको टिजर सार्वजनिक गर्नु तीन दिन अघि मलिकाको लुक्स बाहिर ल्याएको हो । फिल्ममा सौरभ चौधरीको निर्देशन छ ।

फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायतका कलाकारको पनि अभिनय छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट