प्रकाश सपुत र शान्तिश्रीले गाए ‘पुजार सार्की’को गीत

रंग नेपाल २०८० माघ ७ मा प्रकाशित

काठमाडौं  । छायांकनको अन्तिम तयारीमा रहेको फिल्म ‘पुजार सार्की’को गीत रेकर्ड गरिएको छ ।

शनिबार रेकर्ड गरिएको गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर, हर्क साउदको शब्द, सुबास भुषालको संगीत र हेमन्त कान्छा रसाइलीको एरेन्ज छ ।

निर्देशक दिनेश राउतको निर्देशन रहने फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिकामा अभिनय रहनेछ । यही माघ १० गतेदेखि छायांकनमा जाने फिल्ममा अन्जना बराइली र परीक्षा लिम्बुको पनि अभिनय रहनेछ ।

किङ्डम नेटवर्कको व्यानरमा बन्ने फिल्ममा विकास सुवेदीको लेखन र सुबास भुषालको निर्माण हरनेछ ।

एक दर्जन फिल्ममा संगीत दिएका भुषालले ‘पुजार सार्की’मार्फत पहिलो पटक फिल्म निर्माणमा हात हालेका हुन् ।

धेरै पढिएका

पछिल्ला अपडेट