हेटौंडामा ‘काँडेतार’को विशेष प्रदर्शन हुने

रंग नेपाल २०८० पुष २५ मा प्रकाशित

हेटौंडा । मकवानपुरको हेटौंडामा नेपाली चलचित्र काँडेतारको विशेष प्रदर्शन हुने भएको छ । हेटौंडामा मंगलबार पत्रकार भेटघाट गर्दै आगामी पुस २७ गते काँडेतारको विशेष प्रदर्शन हुने जानकारी गराइएको हो ।

काँडेतार आगामी पुस २७ गते दिउँसोको शो मा हेटौंडास्थित नारायणी मलको एनएस सिनेमा हलमा प्रदर्शन गरिने छ ।

सामाना फिल्मस् प्रालिले खुला सीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ च्यारिटी शो गर्न लागेको चलचित्रका निर्देशक नवल खड्काले जानकारी दिए ।

नेपाल भारतको सीमा विवाद, सीमामा हुने झैझगडा, खुल्ला सीमानाका कारण नेपाल र नेपालीमा परेको समस्या चलचित्रको कथासार रहेको निर्देशक खड्काले बताए । उनका अनुसार देशभर ६० भन्दा बढी विशेष प्रदर्शन गरिसकेको र आगामी फागुन २७ गते चलचित्र देशभर प्रदर्शन हुनेछ ।

सत्यकला राई, मकिको राई र अञ्जु केसीले निर्माण गरेको काँडेतारमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुलरीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक खड्काकै कथा रहेको चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व, तारा थापा (किम्भे) र बन्दे प्रसादको सम्पादन रहेको छ भने सौरभ लामाको छायांकन रहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट