काठमाडौं । गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ को भिडियो सार्वजनिक गरिएको छ ।
राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रशंसा गरे ।
गायक यश कुमारले मानव जातिमा प्रेमले कुनै पनि जात नहेर्ने बताए । गीतमा ब्राह्मण समुदायका युवा र लिम्बू समुदायकी युवतीबिचको प्रेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको उनले उल्लेख गरे । उनले गीतलाई आफूले मौलिक देखाउन लिम्बू समुदायकै बोलीचालीको भाषा प्रयोग गरेको पनि बताए ।
गीतको भिडियोमा यशसँगै प्रेम सुब्बा, अनु थापा र राजेश घटानी फिचर्ड छन् । भिडियोलाई विज्ञान राईले निर्देशन गरेका छन् ।