‘डंकी’ हेर्ने नेपाली दर्शकलाई शाहरुख खानले भने- धन्यवाद नेपाल

रंग नेपाल २०८० पुष ७ मा प्रकाशित

काठमाडौं । बलिउड सुपरस्टार शाहरूख खानले चलचित्र ‘डंकी’ हेर्ने नेपाली दर्शक प्रति आभार प्रकट गरेका छन् ।

गत बिहिबार देखी सुरु भएको ‘डंकी’को पहिलो शो हेर्ने दर्शकको भिडियोमा प्रतिक्रिया दिँदै किंग खान शाहरुखले नेपाली दर्शकलाई धन्यवाद दिएका हुन् ।

‘धन्यवाद नेपाल !!,  तपाईसँग रमाइलो भयो, अब आफ्नो परिवारलाई लिएर सप्ताहन्तमा पनि फिल्म हेर्नुहोस्, यो न्यानो, रमाइलो र भावनात्मक सवारी हो ।’ शाहरूखले भनेका छन् ।

धेरै पढिएका

पछिल्ला अपडेट