सनातन संस्कृतिबारेको कार्यक्रम ‘युटोपिया’को टिजर रिलिज

रंग नेपाल २०८० पुष २ मा प्रकाशित

काठमाडौं । सनातन संस्कृतिको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया एक सुन्दर भविष्य’ को टिजर विवाह पञ्चमीका अवसरमा सार्वजनिक गरिएको छ ।

युटोपियाको अर्थ रामराज्य हुने भएकाले पनि रामसीता विवाहका अवसरमा सार्वजनिक गरिएको हो । टिजरमा सनातन धर्म, संस्कृतिभित्र लुकेका रहस्यहरू उजागर गर्ने निर्माता पक्षले जनाएको छ ।

मेगा आर्ट एन्ड इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको कार्यक्रमको निर्माता नवराज लम्साल छन् । जनक खड्काले कार्यक्रम प्रस्तुत एवं निर्देशन गर्ने छन् ।

कार्यक्रममा देशका विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई अतिथिका रूपमा बोलाएर हिन्दु धर्मको चुनौती, महत्व र अवसरलाई विश्लेषण गर्दै वैदिक ज्योतिषशास्त्रको आधारमा समेत अतिथिको जन्मकुण्डली विश्लेषण गर्ने कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट