काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवनकथामा आधारित ‘अन्जिला’फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन् ।
ग्रिस महिला सुपर कपका लागि निस अट्रोमिटौमा आबद्ध रहेर व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला फिल्म प्रमोसनका लागि शुक्रबार आइपुगेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले दर्शकहरुको मायाले नै आफूलाई तानेको भन्दै ग्रिसबाट छोटो समय मिलाएर नेपाल आएको बताइन् ।
उनले भनिन्,‘ग्रिसबाट छोटो समय मिलाएर आएको छु । दर्शकहरुको मायाले नै गर्दा तीन चार दिन कति हुन्छ बस्नेछु । मैंले समाचारतिर पनि हेरिरहेको थिए । दर्शकहरुको मायाभव्य देखेपछि नै आएको हो ।सम्पूर्ण टिलाई धन्यवाददिन्छु उहाँहरुले गर्दा नै फिल्म राम्रो भइरहेको छ ।’
साथै उनले दर्शकहरुले आफ्नो फिल्म हेरेर भावुकहुँदै गर्दा आफूलाई एकातिर दुःख लागेपनि अर्कोतिर फिल्म मन पराइदिनुभयो भनेर लागेर खुसी पनि उत्तिकै लागेको पनि बताइन् ।