ऐश्वर्या रायको कारलाई बसले ठक्कर दियो

रंग नेपाल २०८१ चैत १३ मा प्रकाशित

मुम्बई । बलिउड फिल्म इन्डस्ट्रीकी अभिनेत्री ऐश्वर्या राय बच्चनको कार हालै दुर्घटनाको सिकार बनेको छ । मुम्बईमा दिउँसो उनको कार दुर्घटनामा परेको हो ।

ऐश्वर्याको जुहुस्थित घर नजिकै बेस्टको बस र उनको कार एक आपसमा ठोक्किएको हो ।

यद्यपि यो दुर्घटना धेरै ठूलो थिएन र टक्कर भने सामान्य थियो । यसबाहेक दुर्घटना हुँदा ऐश्वर्या कारमा उपस्थित नभएको पनि अहिले खुलेको छ । अभिनेत्रीका फ्यानहरु उनको स्वास्थ्यलाई लिएर चिन्तित थिए तर अहिले उनी पूर्णरुपमा सकुशल छिन् भन्ने खुलेपछि खुसी भएका छन् ।

रिपोर्टका अनुसार ऐश्वर्याको १.५ करोड भारुको महँगो कार सिल्वर टोयोटा वेलफेयरलाई मुम्बईको जुहुमा सडकमा रहेको बेस्ट बसले ठक्कर दिएको थियो । राहतको कुरा यो थियो कि ठक्कर एकदमै सामान्य थियो र अभिनेत्रीको कारमा कुनै क्षति भने भएन । तर जबदेखि यो खबर बाहिरियो, प्रशंसकहरू अभिनेत्रीको बारेमा चिन्तित थिए र कार भित्र को थियो भन्ने बारे कुनै जानकारी अझै दिइएको छैन । तर, अहिले दुर्घटना भएको कारमा ऐश्वर्या, न त बच्चन परिवारका कोही सदस्य रहेको स्रोतबाट खुलासा भएको छ । यस घटनामा कुनै ठूलो क्षति वा चोटपटक रिपोर्ट गरिएको छैन । उनको कार दुर्घटनाको भिडियो भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट