काठमाडौं । पत्रकार टिकाराम खड्काको शब्द र लोकप्रिय गायक शिव परियारको आवाजमा नयाँ गीत ‘मलाई जलाउँदा’ सार्वजनिक भएको छ । खड्काले यस गीतलाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै संगीत र साहित्यका क्षेत्रमा थप एक कदम अघि बढाएका छन् ।
गीतमा कर्ण सञ्ज्यालको संगीत, हेमन्तकान्छा रसाईलीको सारंगी, भुवन गन्दर्भको तबला, रत्न विकको बासुरी, र केशब बडूको एरेन्ज रहेको छ । जसले गीतलाई एक अद्वितीय संगीतात्मक अनुभव प्रदान गरेको छ । गीतको भिडियो सम्पादन दिवाकर चौधरीले गरेका छन् । पत्रकार खड्का न्यूज २४ टेलिभिजनमा कार्यरत छन् ।
‘मलाई जलाउँदा’ गीतमा प्रेम र वेदनाका विषयलाई चित्रित गरिएको छ, जसले सुन्नेवालाहरूसँग गहिरो भावनात्मक जडान बनाउँछ । गीतको लिरिकल म्यूजिक भिडियो पनि दर्शकहरूको मन छुने क्रममा रहेको छ ।