रजनीकान्तको फिल्म ‘जेलर–२’को छायांकन सुरु

रंग नेपाल २०८१ फागुन २६ मा प्रकाशित

काठमाडौं । साउथ सुपरस्टार रजनीकान्तको बहुप्रतिक्षित फिल्म ‘जेलर–२’को छायांकन चेन्नईमा सुरु भएको छ ।

चलचित्रको निर्माता सन पिक्चर्सले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो । ‘मुथुवेल पाण्डियनको खोजी सुरु । जेलर–२ को छायांकन आजबाट सुरु हुन्छ ।’ सन पिक्चर्सले एक्समा लेखेको छ ।

यस फिल्ममा रजनीकान्त फेरि एकपटक आफ्नो दमदार भूमिकामा देखिनेछन् ।

‘जेलर–२’ सन् २०२३ मा रिलिज भएको तमिल सुपरहिट फिल्म ‘जेलर’को दोस्रो भाग हो । पहिलो फिल्म जस्तै यो पनि नेल्सन दिलीप कुमारले लेखेका हुन् । रजनीकान्तसँग उनको यो दोस्रो फिल्म हो ।

‘जेलर’ एक एक्शन थ्रिलर फिल्म हो । गत वर्ष नेल्सन दिलीप कुमारले सामाजिक सञ्जालमा ‘जेलर–२’को घोषणा गरेका थिए ।

धेरै पढिएका

पछिल्ला अपडेट